पर्साको बेल्वामा गोल्छा अर्गनाइजेसनको गेल्भनाइजिङ प्लान्ट स्थापना

प्लान्टले वार्षिक १० अर्ब रुपैयाँ बराबरको सामग्री उत्पादन गर्ने
श्रावण १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
पर्साको बेल्वामा गोल्छा अर्गनाइजेसनको गेल्भनाइजिङ प्लान्ट स्थापना

वीरगन्ज । हुलास स्टिल उद्योगले आफ्नो दोस्रो प्लान्टका रूपमा नेपालकै ठुलो गेल्भनाइजिङ प्लान्ट स्थापना गरी उत्पादन सुरु गरेको छ ।

गोल्छा अर्गनाइजेसनले पर्साको बेल्वामा दोस्रो प्लान्ट स्थापना गरी आजदेखि उत्पादन सुरु गरेको हो । हिप्को ब्रान्डको नामले स्थापना भएको हुलास स्टिलको दोस्रो प्लान्टबाट मुलुकमा आवश्यक पर्ने विद्युत् पोल, ट्रान्समिसन लाइनको पोल, फ्लड लाइट टावरजस्ता स्टिलका गेल्भनाइज पाइप उत्पादन गरिने निर्देशक हिमांशु गोल्छाको भनाइ छ ।

हुलास स्टिलले स्थापनाको ४३ वर्ष पूरा गरेको अवसरमा एक अर्ब लगानीमा प्लान्ट स्थापना गरेको । प्लान्टले वार्षिक १० अर्ब रुपैयाँ बराबरको सामग्री उत्पादन गर्ने लक्ष्य छ । झन्डै सात सयजना स्थानीयलाई प्रत्यक्ष रोजगारीमा जोड्ने उद्योगले जनाएको छ ।

गोल्छा अर्गनाइजेसनले तीन वर्षअघि बेल्वामै स्टिलबाट निर्मित ठुला-ठुला सेड बनाउने प्रि-इन्जिनियनिङ बिल्डिङ पीईबी निर्माण गरी उत्पादन थालिसकेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement