जडिबुटीलाई आर्थिक विकासको मुख्य आधारका रूपमा विकास गर्नुपर्छ : वनमन्त्री चौधरी

चैत्र २९, २०८२ |कान्तिपुर टीभी संवाददाता
जडिबुटीलाई आर्थिक विकासको मुख्य आधारका रूपमा विकास गर्नुपर्छ : वनमन्त्री चौधरी

काठमाडौं । वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपालको वनस्पति तथा जडिबुटी क्षेत्रलाई आर्थिक विकासको मुख्य आधारका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।

वनस्पति दिवसको अवसरमा आइतबार काठमाडौंमा भएको कार्यक्रममा उहाँले जडिबुटी अनुसन्धानमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धान संस्थासँग सहकार्य गर्न विभागलाई निर्देशन दिनुभयो । नेपाललाई औषधि उत्पादनको क्षेत्रमा नयाँ उचाइमा पुर्‍याउन सरकारी तथा निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्नुपर्ने मन्त्री चौधरीको भनाइ छ । 

ग्रामिण क्षेत्रको गरिबी न्यूनीकरण, रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा जडिबुटी क्षेत्रले महत्वपूर्ण योगदान पुर्‍याउने उहाँको विश्वास छ । सरकार वनस्पति तथा जडिबुटी क्षेत्रको विकासका लागि आवश्यक नीति, ऐन तथा कानुनी सुधार गर्न प्रतिबद्ध रहेको भन्दै उहाँले समयसापेक्ष सुधारमार्फत निजी क्षेत्रलाई आकर्षित गर्ने र अनुसन्धानलाई प्रोत्साहन गर्ने सरकारको लक्ष्य रहेको बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.