बुधबारदेखि विराटनगरमा हुने विराट ट्रेड एक्स्पो-२०२५ को सम्पूर्ण तयारी पूरा

पुस ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
बुधबारदेखि विराटनगरमा हुने विराट ट्रेड एक्स्पो-२०२५ को सम्पूर्ण तयारी पूरा

विराटनगर । मोरङ उद्योग व्यापार संघले बुधबारदेखि विराटनगरमा आयोजना गर्ने अन्तर्राष्ट्रियस्तरको विराट ट्रेड एक्स्पो-२०२५ को सम्पूर्ण तयारी पूरा भएको छ ।

पुस १९ गतेसम्म चल्ने व्यापार मेलाले जेन-जी आन्दोलनपछि सुस्ताएको आर्थिक गतिविधिलाई चलायमान बनाउने अपेक्षा छ । स्वदेशी उत्पादनको प्रवर्द्धन र अन्तर्राष्ट्रिय बजारसँग जोड्ने लक्ष्यसहित आयोजना गरिएको एक्स्पोमा जर्मन प्रविधिबाट तयार गरिएको हृयाङगर संरचनासहित दुई सय ३० वटा स्टल रहेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.