वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षणवापत वृद्धि गरिएको शुल्क खारेज

पुस ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षणवापत वृद्धि गरिएको शुल्क खारेज

काठमाडौं । वैदेशिक रोजगारमा जाने कामदारहरुको स्वास्थ्य परीक्षणवापत वृद्धि गरिएको शुल्क सरकारले खारेज गरेको छ । 

सो खारेजीपश्चात साविककै दरमा शुल्क कायम गरिएपछि वैदेशिक रोजगार व्यवसायीले सरकारको निर्णय स्वागतयोग्य भएको बताएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत कात्तिक ३० गते शुल्क वृद्धि गरी नौ हजार पाँच सय पुर्‍याएको थियो । त्यस अघि छ हजार पाँच सय मात्र शुल्क थियो । 

सो निर्णयविरूद्ध व्यवसायीहरूले विरोध जनाएका थिए । श्रममन्त्री राजेन्द्रसिंह भण्डारीले सो शुल्क खारेज गरिएको बताउनुभयो । मन्त्रालयले ३४ वटा स्वास्थ्य परीक्षण आवश्यक भएको जनाउँदै शुल्क वृद्धि गरेकोमा सो आवश्यक नरहेको वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष भुवनसिंह गुरूङले बताउनुभयो । 

“सरकारले अनावश्यक श्रमिकको खर्च बढाउने काम गरेको थियो”, उहाँले भन्नुभयो, “अहिले सो शुल्क खारेज गरी श्रमिकको हितमा निर्णय गर्नु प्रशंसनीय छ ।”


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.