
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले हरेक आन्दोलनमा निजी क्षेत्रमाथि प्रहार हुने गरेको भन्दै कानूनी राज्यमा कसैको सम्पत्तिमाथि हमला गर्नु सैह्य नहुने बताउनुभएको छ ।
आर्थिक पत्रकार समाजको साेमबार काठमाडौंमा आयोजित वार्षिक साधारण सभामा अर्थमन्त्री खनालले गल्ती गर्नेलाई कानूनले सजाय दिने बताउनुभयो । नेपालमा लगानी गर्नेलाई सुरक्षाको वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।
उहाँले सही सूचना प्रवाह नहुँदा पनि आपराधिक क्रियाकलापहरू बढ्ने गरेको बताउनु भयो । कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले सरकारले निजी क्षेत्रको विश्वास बढाउने गरी काम गरिरहेको बताउनुभयो । उहाँले वर्तमान सरकारले जेन-जी आन्दोलनको भावनाअनुसार सुशासनलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको पनि बताउनु भयो ।