लुम्बिनी प्रदेशमा अर्ग्यानिक सम्भावना अध्ययन तीव्र

पहाड–तराई दुवै क्षेत्रमा व्यावसायिक अवसर
मंसिर ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
लुम्बिनी प्रदेशमा अर्ग्यानिक सम्भावना अध्ययन तीव्र

काठमाडौं । २०७८ सालमा रूकुम पूर्वलाई प्रदेशको पहिलो अर्ग्यानिक जिल्ला घोषणा गरेको लुम्बिनी प्रदेश सरकारले अन्य जिल्लामा पनि सम्भावना अध्ययन थालेको छ।

प्रादेशिक कृषि निर्देशनालयले प्रमाणीकरण प्रक्रिया र मापदण्डका कार्य भइरहेका जिल्लाका अर्ग्यानिक फोकल अधिकृत र प्राविधिकहरूलाई अभिमुखीकरण तालिम दिएको हो । कृषिविज्ञहरूका अनुसार लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा र प्युठानजस्ता पहाडी जिल्लामा कोदो, फापर, अदुवा, आलु र बहुमूल्य जडीबुटीको प्राङ्गारिक खेतीको सम्भावना उच्च छ । 

त्यसैगरी, तराईका जिल्लामा तरकारी, फलफूल, र अर्ग्यानिक धान तथा गहुँले राम्रो बजार लिनसक्ने देखिएको छ । विशेषगरी कफी, मह र मसलालाई लुम्बिनी अर्गानिक ब्रान्ड बनाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन सकिने अवसर रहेको छ ।

किसानमा उत्पादनको रेकर्ड राख्ने बानीको कमी, अर्ग्यानिक उत्पादनका लागि छुट्टै बजारको अभाव र प्रमाणीकरण गर्ने दक्ष जनशक्ति कम भएकाले यसमा चुनौती छ । यसका लागि क्षेत्र निर्धारण, जैविक मल उत्पादनमा अनुदान र अर्ग्यानिक उत्पादनको मापदण्ड तयार गनुपर्ने विज्ञहरूले बताएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.