उत्तरी धादिङ्गको प्रसीद्ध गंगाजमुना झरनामा हुने मेला आज सकिँदै

कार्तिक १५, २०८२ |पोषनाथ अधिकारी
उत्तरी धादिङ्गको प्रसीद्ध गंगाजमुना झरनामा हुने मेला आज सकिँदै

धादिङ्ग । तेह्र सय वर्ष अघिदेखि हरेक वर्ष हरिबोधनी एकादशीको अघिल्लो दिनदेखि लाग्ने उत्तरी धादिङ्गको प्रसीद्ध गंगाजमुना झरनामा हुने मेला शनिबार सकिँदै छ ।

तेह्र सय वर्ष अगाडि गंगा र जमुना नाम गरेका दुई छोरी बेपत्ता भएको र परिवारले खोज्दै जाँदा गुफाभित्र सुरक्षित भेटिएपछि उनीहरूको सम्झनामा हरेक वर्ष मेला लाग्ने गरेको किम्वदन्ती छ । एकादशीको अघिल्लो दिनदेखि पूजा आरधना गरी एकादशीको दिन बिहान गंगाजमुना झरनामा स्नान गरी झरनाबाट झरेको पहराको बीचमा रहेको मन्दिरमा गएर महादेवको पूजाआजा गरी डोली तार्ने, बत्ती सेलाउने गरेपछि यो मेला सकिने गर्दछ ।

गंगा र जमुना नामले प्रसिद्ध झरनाको तीन सय मिटर माथिबाट झर्ने झरनामा नुहाए मनले चिताएको पूरा हुने र झरनाको फेदमा रहेको दुईवटा कुकुर धारोमा नुहाए रेवीजलगायतको रोग नलाग्ने विश्वास छ । यो वर्ष मेला भर्न धादिङ, गोरखा, नुवाकोट लगायत विभिन्न जिल्लाबाट १० हजार भन्दाबढी भक्तजनहरू आएको मेला व्यवस्थापन समितिले जनाएको छ ।


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।