नेप्से परिसूचक ६२ अङ्कले बढ्यो

कार्तिक ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेप्से परिसूचक ६२ अङ्कले बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६२ दशमलव २९ अङ्कले बढेर दुई हजार ५७१ दशमलव ३४ को बिन्दुमा कायम भएको छ । 

यो दुई दशमलव ४८ प्रतिशतको वृद्धि हो । मंगलबार ३१४ कम्पनीको ९२ लाख ४३ हजार ७२३ कित्ता शेयर ४७ हजार ९४ पटक खरिदबिक्री हुँदा रू चार अर्ब ५७ करोड ३९ लाख ४३ हजार ४०५ बराबरको कारोबार भएको छ ।

व्यापार समूहबाहेक मंगलबार अन्य सबै समूहको उपसूचक बढेको छ । मंगलबारको कारोबारमा न्यादी हाईड्रोपावर लिमिटेड र बुटवल पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा हिमालयन पावर पार्टनर लिमिटेडको शेयर मूल्य ६ दशमलव ३६ प्रतिशतले घटेको छ ।-रासस


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.