सुनको मूल्य तोलाको दुई लाख ४८ हजार ५०० पुग्यो

आश्विन २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
सुनको मूल्य तोलाको दुई लाख ४८ हजार ५०० पुग्यो

काठमाडौं । स्थानीय बजारमा सुन र चाँदीको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

मंगलबार सुन प्रतितोला रू दुई लाख ४८ हजार ५०० र चाँदी प्रतितोला रू तीन हजार ३२५ मा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सोमबार सुन प्रतितोला रू दुई लाख ४० हजार ४०० र चाँदी प्रतितोला रू तीन हजार २२० मा किनबेच भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस चार हजार १२५ अमेरिकी डलर हाराहारीमा कारोबार भईरहेको छ ।-रासस


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.