सिन्धुपाल्चोकमा आगलागी नियन्त्रणसम्बन्धी अभ्यास

फाल्गुन ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
सिन्धुपाल्चोकमा आगलागी नियन्त्रणसम्बन्धी अभ्यास

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा अस्पताल, नेपाली सेनाको इन्द्रध्वज गण र चिनियाँ टोलीले आगलागी नियन्त्रणसम्बन्धी कृत्रिम घटना अभ्यास गरेको छ। 

सुख्खा तथा बदलिँदो मौसममा हुन्सक्ने आगलागी तथा विद्युत् सट जोखिम बढ्नसक्ने भएकाले अस्पताल परिसरमा आगलागी भएको अवस्थामा कसरी नियन्त्रण गर्न र सम्भावित क्षतिलाई कम गराउनका लागि कृतिम अभ्यास गरिएको हो। 

अभ्यासमा सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीहरूले आगलागी भएको अवस्थामा उपकरण तथा सरसामान कसरी परिचालन गर्ने, आगो कसरी निभाउने, लिक भएको ग्यासलाई कसरी निभाउने र तत्काल उद्धार गर्ने लगायतका कार्यको अभ्यास गरेका थिए।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.