ओली र लेखकविरूद्ध प्रहरीमा जाहेरी, दर्ता नगरी उच्चस्तरीय न्यायिक आयोगमा पठाइयाे

आश्विन २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
ओली र लेखकविरूद्ध प्रहरीमा जाहेरी, दर्ता नगरी उच्चस्तरीय न्यायिक आयोगमा पठाइयाे

काठमाडौं । जेन-जी आन्दोलनमा दमनकारी भूमिका निर्वाह गरेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरूद्ध सहिद परिवारले प्रहरीमा जाहेरी दिएका छन् । 

जिल्ला प्रहरी परिसर काठमाडौंले जाहेरी दर्ता नगरी उच्चस्तरीय न्यायिक आयोगमा पठाएको छ । काठमाडौं प्रहरी प्रवक्ता पवनकुमार भट्टराईले कान्तिपुर टिभीसँग कुरा गर्दै यसको पुष्टि गर्नुभयो । ‘जाहेरी आएको हो।’ भट्टराईले भन्नुभयो,‘२३ र २४ गते भएको भौतिक र मानवीय क्षतिमा जिम्मेवारमाथि कारबाही गर्न भन्दै जाहेरी आएको हो।’

भट्टराईले जाहेरीमा तत्कालिन प्रधानमन्त्री केपी ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकको नाम पनि भएको उल्लेख गर्दै भन्नुभयो,‘जाहेरी हामीले उच्चस्तरीय न्यायिक आयोगमा पठाएका छौं।’ 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.