काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन-अनेरास्ववियु काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र हामी नेपालका संस्थापक सुदन गुरूङविरूद्ध किटानी जाहेरी दिन जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको छ ।
मंगलबार साँझ जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिन अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडालसहितको अखिलको टोली परिसर पुगेको हो । तोडफोड, आगजनी र प्रहरी हत्या गरेको विषयमा उजुरी दिन आफूहरू परिसर आएको अखिलले बताएको छ ।
भदौ २४ मा जेन-जी आन्दोलनको क्रममा संसद्देखि सिंहदरबार र प्रहरी कार्यालयहरूमा तोडफोड र आगजनी भएको थियो । साथै प्रहरीमाथि निर्घात कुटपिट भएको थियो । यसअघि सुदन गुरूङलगायतको जेन-जी समूह नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकसहितका नेताहरूलाई पक्राउ गर्न माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको थियाे ।