नेप्सेदवारा अन्तिम १५ मिनेटको भारित औसत मूल्य प्रणाली स्थगित, मङ्गलबारदेखि नयाँ परीक्षण

आश्विन ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेप्सेदवारा अन्तिम १५ मिनेटको भारित औसत मूल्य प्रणाली स्थगित, मङ्गलबारदेखि नयाँ परीक्षण

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड-नेप्सेले शेयर बजारमा अन्तिम १५ मिनेटको भारित औसत मूल्य कायम हुने व्यवस्था स्थगित गरेको छ ।

नेप्सेले गत चैतदेखि धितोपत्र बजारमा २.४५ बजेदेखि ३ बजेसम्म कायम मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य हुने व्यवस्था ल्याएको थियो । उक्त व्यवस्था हाललाई स्थगित गरिएको नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले जानकारी दिनुभयो । 

उहाँकाअनुसार यो व्यवस्था स्थगन गर्नका लागि नेपाल धितोपत्र बोर्डले नेप्सेलाई निर्देशन दिएको हो । पराजुलीका अनुसार परिवर्तित व्यवस्थाको आइतबार प्राविधिक परीक्षण हुनेछ । 

साेमबार सार्वजनिक बिदा परेका कारण मङ्गलबारदेखि यो व्यवस्था लागू गरिने उहाँले जानकारी दिनुभयो । गत फागुनमा २.४५ बजे देखि ३ बजेसम्म कायम मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य मानिने र सो अवधिमा कुनै कारोबार नभएमा पछिल्लो कारोबार मूल्यलाई अन्तिम मूल्य मानिने व्यवस्था राखिएको थियो । सोही व्यवस्था स्थगन गरिएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.