अर्थ मन्त्रालयद्वारा कर बुझाउने म्याद थप

भाद्र ३१, २०८२ |कान्तिपुर टीभी संवाददाता
अर्थ मन्त्रालयद्वारा कर बुझाउने म्याद थप

काठमाडौं । अर्थ मन्त्रालयले कर बुझाउने म्याद असोज २५ गतेसम्म थप गरेको छ । 

भदौ २५ सम्ममा पेस गर्नुपर्ने २०८२ साउनको मासिक मूल्य अभिवृद्धि कर, अन्तःशुल्कलगायतका कर असोज २५ सम्म दाखिला गर्न सकिने निर्णय गरिएको हो ।

मंगलबार मन्त्रिस्तरीय निर्णय गर्दै यस्तो छुट दिइएको हो । गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण २५ गते सरकारी कार्यालय बन्द रहेकाले यस्तो छुट दिने निर्णय मन्त्रालयले गरेको हो । 

थप गरिएको अवधिभित्र कर दाखिला गरेमा विलम्ब शुल्क, ब्याज, थप दस्तुर वा जरिवाना नलाग्ने व्यवस्था गर्न अर्थमन्त्री रामेश्वर खनालले आफू मातहतका कर निकायलाई निर्देशन दिनुभएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.