असोज महिनाका लागि‍ बैंकहरूले घटाए ब्याजदर

भाद्र ३१, २०८२ |कान्तिपुर टीभी संवाददाता
असोज महिनाका लागि‍ बैंकहरूले घटाए ब्याजदर

काठमाडौं । असोज महिनाका लागि बैंकहरूले ब्याजदर थप घटाएका छन् । भदौको तुलनामा शून्य दशमलव एक-एक प्रतिशत बिन्दूले बैंकहरूले दिने निक्षेपको ब्याज दर घटेको हो ।

असोजका लागि कायम हुने ब्याजदर बैंकहरूले भदौ मसान्तमा सार्वजनिक गरिसक्नुपर्छ । यही व्यवस्थाअनुसार मंगलबार सबै बैंकले असोजको ब्याजदर सार्वजनिक गरेका हुन् ।

२० वाणिज्य बैंकहरूमध्ये ९ बैंकले निक्षेपको ब्याजदर घटाएका छन् भने ८ वटाले यथावत् राखेका छन् । यसबाहेकका ३ वटा बैंकले भने निक्षेपमा दिने अधिकतम् ब्याजदर बढाएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.