बागलुङ । बागलुङमा मरिच खेती फस्टाउँदै गएपछि किसानहरू व्यवसायिक रूपमा यस खेतीतर्फ आकर्षित भएका छन् ।
थोरै क्षेत्रफलमा समेत मनग्गे आम्दामी हुने भएपछि किसानहरूको प्राथमिकतामा मरिच खेती परेको हो । किसानले सुरूमा परीक्षणको लागि भारतको आन्द्रा प्रदेशबाट बिरूवा ल्याई लगाएको मरिच जिल्लाका विभिन्न क्षेत्रमा खेती हुन थालेको छ ।
समुद्री सहतदेखि एक हजार पाँच सय सम्मको उचाईमा फल्ने मरिच बागलुङको बेलबगर, जैदी, अर्जेवा, खर्वाङ ग्वालीचौर, रिघाको तल्लो तटीय क्षेत्रमा यसको खेती गरिएको छ ।
मसलाको रूपमा प्रयोग हुने मरिचको माग बढदै गएपछि किसालले व्यवसायिक रूपमा यसको खेती गरेका छन् । किसान माझ मरिचखेती विस्तारसँगै मसलाजन्य बालीको रूपमा आत्मनिर्भर बनाउने गरि कृषि ज्ञान केन्द्रले विभिन्न सहयोग उपलब्ध गर्दै आएको छ ।
उत्पादित मरिच घरबाटै बिक्री गरी किसानले नगद आर्जन गरेका छन । खाली तथा थोरै खेतीमा लहरा र झालको रूपमा फल्ने भएपछि मरिच खेती किसानको रोजाई बनेको छ ।
मरिचको बजार मुल्य प्रति केजी एक हजार आठ सय देखि दुई हजार रूपैयाँ सम्म पर्ने गरेको छ ।