काठमाडौं । प्रधानमन्त्रीको चीन भ्रमणका अवसरमा रसुवागढी नाका सञ्चालनका विषय नेपाल, एजेण्डामा समावेश गर्ने भएको छ ।
गत असारमा आएको बाढीले बन्दरगाहासहित पुल बगाएपछि अवरूद्ध रहेको व्यापार सुचार गर्नका लागि चीनको सहयोग प्रधानमन्त्रीको तहमा खोजिँदै छ । नाका अवरूद्ध हुँदा दुबै देशलाई घाटा भइरहेको भन्दै अभिलम्ब सुचारूका विषयमा उच्चतहमा छलफल हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कान्तिपुर समाचारलाई जानकारी दिनुभयो ।
भ्रमणका नेपालबाट वस्तु निर्यातका लागि दुबै देशका प्रयोगशालाई सामान्जस्ता बनाउने विषय पनि रहेको छ । चीनले नेपालबाट भैंसीको मासु तथा साइलेज घास लैजाने तयारी गरेको छ ।
चीनले नेपाललाई दिएको भन्सार सुविधाका अधिकतम प्रयोगमा विषयमा पनि छलफल हुनेछ । अर्का हप्ता प्रधानमन्त्री चीन भम्रणमा जाँदै हुनुहुन्छ ।