उखुको भुक्तानी माग गर्दै किसानहरू आन्दोलनमा

भाद्र ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
उखुको भुक्तानी माग गर्दै किसानहरू आन्दोलनमा

काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ को उखुको भुक्तानी रकम माग गर्दै किसानहरू आन्दोलनमा उत्रेका छन् । 

किसानहरूले आइतबार उखुको भुक्तानीको माग राखी काठमाडौंको गौशालादेखि माईतीघरसम्म प्रदर्शन गरेका हुन् । किसानले सरकारले तोकेको प्रतिक्वीन्टल ७० रुपैयाँका दरले अनुदान भुक्तानी गर्नुपर्ने माग राखेका छन् । 

यस्तै उनीहरूले उखुको मुल्य प्रतिक्वीन्टल एक हजार रूपैयाँ पुर्याउनुपर्ने माग अगाडी सारेका छन् । प्रदर्शनमा किसानले ‘उखु किसानको अनुदान कटौती गर्न पाइँदैन’, ‘उखु कृषक शोषण बन्द गर’, ‘किसानसँग भएका सम्झौता लागू गर’ लगायत माग लेखिएको प्लेकार्ड बोकेका थिए । 

नेपाल उखु उत्पादक महासंघको नेतृत्वमा किसानहरू सडक आन्दोलनमा होमिएका हुन् । सरकारले किसानलाई दिँदै आएको अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँबाट घटाएर ३५ रूपैयाँमा झार्ने निर्णय गरेको छ । उक्त निर्णयको विरोधमा किसानहरूले काठमाडौं केन्द्रीत आन्दोलन थालेका हुन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.