धनकुटा । धनकुटामा गरिएको एभोकाडो खेतीको अध्ययन अनुसन्धानका लागि प्राविधिक टोली पुगेको छ।
एभोकाडोमा रोग लागेर उत्पादनमा ह्रास आएपछि गुणस्तरमा समेत समस्या देखिएपछि समाधानका उपायबारे अध्ययन गर्न एसियाली बिकास बैंक, नार्क र नाफाको वैज्ञानिक प्राविधिक टोली धनकुटा पुगेको हो।
व्यापकरूपमा बगैँचा विस्तार हुँदै गएको धनकुटामा एभोकाडोको बोट ओइलाउने, फल झर्ने, जरा कुहिने, झुसिलकिराले दु:ख दिनेजस्ता समस्या छन् । टोलीले सुन्तला खेतीको विकल्पका रुपमा लिइएको एभोकाडो खेतीमा देखिएका समस्याको अध्ययन गरी समाधानका उपायबारे किसानसँग छलफल गरिरहेको छ।