धनकुटा । व्यवसायिक रूप नलिँदै धनकुटामा भइरहेको एभोकाडो खेती संकटमा पर्न थालेको छ ।
सुन्तलाको विकल्पका रूपमा लगाउँन थालिएको एभोकाडोमा बोट ओइलाउाने, सुक्ने र फल झर्ने जस्ता समस्या छदै थिए, अहिले झुसिलकीराको प्रकोप पनि थपिएको छ । रोगकीराका कारण बगैंचाको ह्रास, फलको उत्पादन र गुणस्तर घट्दै गएपनि किसानहरूले यस्को समाधान पाएका छैनन् ।
धनकुटा नगरपालिकाको सेउलेकी जानुका गुरागााईको एभोकाडो बगैंचामा प्रकोपकै रुपमा झुसिलकीरा फैलिएको छ । झुसिलकीराले पात खाएर निखारेपछि नाङ्गा रुखमा हाागा र फल मात्रै बाँकी छ । दुर्गा गुरागाइको एभोकाडो बगैंचा पनि झुसिलकीराको प्रकोप अनियन्त्रीत बनेको छ ।
कृषि प्राविधिकहरू झुुसिलकीरालाई एक प्रकारको पुतलीको लार्भा अवस्था भन्छन् । यसले हाँगामा टासिएर एभोकाडोका हरिया पात र मुना खाएर नोक्सान पुर्याइरहेको छ ।
कृषि प्राविधिकहरू लामो खडेरीका कारण जीवनचक्र पुरा गर्न एभोकाडोमा झुसिलकीरा सक्रिय देखिएको बताउँछन् । भुसिलकीराले एभोकाडो फलको उत्पादन र गुणस्तरमा नराम्रो असर पार्छ । बगैंचा सरसफाई गर्ने, कीरा लागेको बोटमा गाईको गहुात छर्कने र त्यसले पनि झुसिलकीरा नियन्त्रण नभए कृषि प्राविधिकको सिफारिसमा विषादी प्रयोग गर्नुपर्ने सुझाव ज्ञानकेन्द्रका अधिकारीको छ ।
धनकुटा नगरपालिकाका किसानले सुन्तला मासिएपछि विकल्पको रूपमा एभोकाडो खेती सुरू गरेका थिए । झुसिलकीराको प्रकोप फैलिएपछि एभोकाडो उत्पादन र गुणस्तरमा परेको नकारात्मक असरले यो ठाउँका किसान चिन्तामा छन् ।
एभोकाडो खेती प्रवर्द्धनकै लागि धनकुटा नगर क्षेत्रलाई एभोकाडोको राजधानी भनि घोषणा गरिएको छ । नयाँ फल भएकाले एभोकाडो खेती प्रबिधि, जात, मल, बगैंचा ब्यबस्थापन र स्याहारका बारेमा किसान अनभिज्ञ छन् ।
उपभोक्ताले रूचाएको एभोकाडो फलको धनकुटामा प्रशस्त व्यवसायिक सम्भावना छ । तर जात, गुणस्तर, खेती प्रविधि र रोगकीरा व्यवस्थापनका लागि विषय विज्ञ उपलब्ध नहुँदा किसानहरू यसरी समस्यामा परिरहेका छन् ।