काठमाडौं । सुनकोशी मरिन ड्राइभर्सन निर्माणमा लगानीको अभाव देखापर्न लागेको निर्माण कम्पनीका अधिकारीहरूले बताएका छन् ।
प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिले गठन गरेको उपसमितिमा आइतबार सुनकोशी मरिन ड्राइभर्सनमा भइरहेको ढिलासुस्तीबारे भएको छलफलमा रमण कन्सट्रक्सनका प्रतिनिधिहरूले सुनकोशीसहित भेरी ड्राइभसनमा लगानीको अभाव हुन थालेको बताए ।
रमण कन्सट्रक्सनका प्रतिनिधि रमण पट्टेलले बैंकहरूले आफूले गरेका परियोजनाहरूमा बैंकहरूले लगानी रोक्न थालेको भन्दै अब आयोजनाहरू अघि बढाउन समस्या पर्ने बताउनु भयो ।
सुनकोशी मरिण ड्राइभर्सनमा प्राइम कमर्सियल बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंकलगायतले लगानी गरिरहेका छन् । प्रभु बैंकका प्रतिनिधि पेशल दाहालले आयोजनाका बारेमा कामको प्रगतीका बारेमा आफूहरूले हेरिरहेको बताउनु भयो ।
आयोजनाको मोनिटरिङ गर्दै आगामी दिनका योजनाहरू समेत मागिरहेको उहाँले बताउनु भयो । उहाँले आलोपालो भुक्तानी बेसमा रमन कन्स्ट्रक्सनले काम गर्नुपर्नेमा जोड दिनुभयो ।