धनकुटाको सेउलेमा अत्याधुनिक ड्रायर मेसिनसहितको खेतिपाती अर्गानिक उद्योग सञ्चालनमा

भाद्र १, २०८२ |कान्तिपुर टीभी संवाददाता
धनकुटाको सेउलेमा अत्याधुनिक ड्रायर मेसिनसहितको खेतिपाती अर्गानिक उद्योग सञ्चालनमा

धनकुटा । धनकुटाको सेउलेमा अत्याधुनिक ड्रायर मेसिनसहितको खेतिपाती अर्गानिक उद्योग सञ्चालनमा आएको छ ।

सिजनअनुसारका फलफूल, तरकारी र मसलाबाली उत्पादन, संकलन, प्रशोधन र निर्यातको उद्देश्य राखेर उद्योग सञ्चालनमा ल्याइएको हो । 

उद्योगले किसानबाट खरिद गरिएको आँप, लिची, एभोकाडो, केरा, स्टवेरी, अदुवा, लसुन र खुर्सानीलगायतका कृषि उत्पादन अत्याधुनिक प्रविधमा सुकाएर प्याकेजिङ तथा निर्यात सुरु गरेको हो । 

करिब १० करोड रूपैयाँको लगानीमा खुलेको उद्योगले किसानका उत्पादन खरिद गरी प्रशोधन गरेर मध्यपूर्व, यूरोप र अमेरिकी मुलुकमा निर्यात गरिरहेको सञ्चालक प्रकृति गौतमको भनाइ छ । 

उद्योगले अहिले तराई र काठमाडौंसहित धनकुटा, भोजपुर, तेह्रथुम संखुवासभालगायत स्थानबाट कृषि उत्पादन संकलन गरिरहेको छ । गाउँमै प्रशोधन उद्योग सञ्चालनमा आएपछि स्थानीय उत्पादक उत्साहित भएका छन् । 

तर कच्चा पदार्थ र थप लगानीको अभावमा उद्योगले अहिले क्षमताको ४० प्रतिशत मात्रै उत्पादन गरिरहेको संचालक गौतमले बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.