काठमाडौं । उर्जामन्त्री दीपक खड्काले लोडसेडिङको समयमा डेडिकेटेड फिडर तथा ट्रंकलाइनमार्फत प्रयोग गरेको बिजुलीको प्रिमियम बक्यौता उठाउनुपर्ने पक्षमा आफू रहेको बताउनुभएको छ ।
आइतबार नेपाल विद्युत प्राधिकरणको ४०औं वाषिकउत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले टिओडी मिटरमा उठेको रकम उद्योगीहरुको लाइन नकाटी उठाउनुपर्ने बताउनु भयो ।
अर्थ मन्त्रालय अन्तर्गतका वक्यौताहरु भने मिनाहादेखि घटाउन सकिने उहाँको भनाइ छ । उर्जामन्त्री खड्काले आगामी दिनमा पनि उद्योग धन्दाहरुलाई नेपालमा उत्पादित बिजुली बेच्नपर्ने भएकाले घाँटी काटेर वक्यौता उठाउने कुरा आफूलाई मान्य नहुने बताउनु भयो ।
उर्जामन्त्री खड्काले आफू आएदेखि बक्यौत उठाउन प्रयत्न गरेको बताउनु भयो । विद्युत वक्यौताका विषयमा थ्रुपै पटक समितिहरु बनेको बताउँदै उहाँले लाल आयोगको दराज भित्र थन्काइएको प्रतिवेदन आफूले सार्वजनिक गरेको बताउनु भयो ।
खड्काले कुनै निकायको कुरा गरेर आफू नतर्सिने समेत जिकिर गरे । कानून भित्र बसेर अनुशासित ढंगले काम गर्न समेत नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई उहाँले निर्देशन दिनुभयो ।
खड्काले विद्युत वक्यौता असुली गर्न सघाउ पुगोस् भनेर मन्त्रालयले समिति बनाइदिएको बताउनु भयो । उहाँले समिति गठन गर्दा अदालत जाने र अदालतलाई प्रभावित पार्न खोजेको समेत आरोप लगाउनु भयो ।
उहाँले प्राधिकरणका कर्मचारीलाई तलब खाँदा पाप नलाग्ने, बिल ठिक छ की छैन् भनेर चेक गर्दा पाप लाग्ने रु भन्दै आक्रोस पोख्नुभयो । उहाँले अख्तियारलाई चिठि पठाएको भरमा आफू चुप नलाग्ने समेत चेतावनी दिनुभयो ।
अख्तियारलाई आफूले राम्रोसँग चिनेको बताउँदै खड्काले सरकार विद्युत वक्यौताको पैसा उठाउन आफूहरुले खोज्दा अवरोध गर्न खोजिएको बताउनु भयो ।