बुटवल-नारायणगढ सडक : दाउन्ने बाहेकको क्षेत्रमा सडक कालोपत्रे

श्रावण २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
बुटवल-नारायणगढ सडक : दाउन्ने बाहेकको क्षेत्रमा सडक कालोपत्रे

बुटवल । बुटवल-नारायणगढ सडक विस्तार आयोजनाअन्तर्गत दाउन्ने बाहेकको क्षेत्रमा सडक कालोपत्रे भएको छ ।

आयोजनाका अनुसार दाउन्नेबाहेक एक सय १३ किलोमिटर सडकमा ९९ किलोमिटर सडक कालोपत्रे र ढलान गरिएको छ । जसले गर्दा वर्षौदेखि सास्ती भोगेका यात्रुले राहातको महसुस गरेका छन् । तर, दाउन्ने खण्डको १४ किलोमिटर क्षेत्रमा सामान्य वर्षामा नै सवारी चिप्लिएर घण्टौ जाम पर्ने समस्याले गर्दा यात्रुले दुःख पाउनुपर्ने अवस्था छ । 

साना कल्र्भट निमार्णको काम सकिएको र ठुला पुलहरूको काम बाँकी छ । समयमा नै काम नभएपछि चौथो पटक म्याद थप भएको छ । पूर्वी खण्डको म्याद आगामी २०८३ साउन ७ र पश्चिम खण्डको म्याद २०८३ साउन ५ सम्म थप भएको आयोजनाको पूर्वी खण्डका सुचना अधिकारी शिव खनालले बताउनुभयो ।

२०७५ चैतबाट काम सुरू भएर ४४ महिनामा सम्पन्न हुनुपर्ने आयोजना तेस्रो पटक मयाद थप गर्दा समेत ७० प्रतिसत मात्र काम भएको छ । चिनिया ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले दुई खण्डको एक सय १४ किलोमिटर सडक विस्तारको काम गर्न १७ अर्बमा ठेक्का लिएको थियो । 

सबै भन्दा बढी समस्या दाउन्ने खण्डको विश्वकर्मा मन्दिर र पैसी मोडमा समस्या रहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.