श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५ सय ५० रूपैयाँ कायम

श्रावण १, २०८२ |कान्तिपुर टीभी संवाददाता
श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५ सय ५० रूपैयाँ कायम

काठमाडौं । श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५ सय ५० रूपैयाँ कायम भएको छ ।

सिंहदरबारमा बसेको न्यूनतम पारिश्रमिक निर्धारण समितिको बैठकले श्रमिकको मासिक पारिश्रमिक १२ हजार १ सय ७० र भत्ता ७ हजार ३ सय ८० गरी कुल १९ हजार पाँच सय ५० रूपैयाँ कायम गरेको हो ।

सरकार, रोजगारदाता र ट्रेड युनियनका प्रतिनिधि सहभागी बैठकले यसअघिको १७ हजार ३ सयलाई १९ हजार ५ सय पुर्‍याएको श्रम मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । तर सबै ट्रेड युनियनका प्रतिनिधिले भने यसमा सहमति जनाएका छैनन् ।

ट्रेड युनियनकर्मीहरूले भने न्यूनतम पारिश्रमिक ३० हजार ४ सय ४३ रूपैयाँ निर्धारण गर्नुपर्ने माग गरेका थिए । तर रोजगारदाताले नमानेपछि साढे १९ हजारमा सहमति भएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.