नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा उछाल, कारोबार रकम पनि ११ महिनायताकै उच्च

श्रावण १, २०८२ |कान्तिपुर टीभी संवाददाता
नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा उछाल, कारोबार रकम पनि ११ महिनायताकै उच्च

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्से परिसूचक उच्च अंक बढ्दा कारोबार रकम पनि ११ महिनायताकै उच्च भएको छ । बिहिबार नेप्से परिसूचक ७५ दशमलव ८४ अंक बढेर २८७० दशमलव ६३ विन्दुमा पुगेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। आज १६ अर्ब ५९ करोड २१ लाख रूपैयाँबराबरको ३ करोड ८६ लाख ३४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। हिजो १४ अर्ब ३ करोडको शेयर खरिदबिक्री भएको थियो । 

आजको कारोबार रकम करिब ११ महिनायताकै उच्च हो। यस अघि गत भदौ ११ गते साढे १८ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो ।

आज १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक ५ दशमलव ०९ प्रतिशत बढेको छ। त्यस्तै, जलविद्युत, लगानी र जीवन बीमा तथा वित्त, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बिमा उपसमूहको परिसूचक पनि बढेको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.