काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार स्थिर कर नीतिको पक्षमा रहेको बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले उपभोक्ता र व्यवसायीहरू सरकारले करका नीतिमा अप एण्ड डाउन गरिरहेको र जसले विश्वसनीयतामा समस्या भएको भन्ने गुनासो गर्ने गरेको भन्दै अब विश्वासका साथ रहन आग्रह गर्नुभयो ।
उहाँले करका नीतिहरू अप एण्ड डाउन भइरहन्छन् कि भन्ने शंका नगर्न पनि आग्रह गर्नुभयो । करको दायरा भने बढाउन जरूरी रहेको उहाँकाे भनाइ छ। सरकार मुलतः एउटा कर नीति र करका दरहरूमा सापेक्षित स्थिरताको पक्षमा रहेको उहाँले बताउनु भयो । त्यसै हिसाबले आगामी आर्थिक वर्षको बजेट ल्याएको उहाँको दाबी छ ।
उपप्रधानमन्त्री पौडेलेल जलविद्युतको उत्पादन प्रवर्द्धन गर्ने, लचिलो नीति ल्याउने काम आफूहरूले विगतमा गरेको बताउनु भयो । जलविद्युतको विकासमा निजी क्षेत्रको लगानी अभिवृद्धि गर्न अनुकुल नीतिहरू नै ल्याउने उहाँले बताउनु भयो ।