भक्तपुरका दुई स्थानीय तहद्वारा आर्थिक वर्ष २०८२/८३ का नीति तथा कार्यक्रम सार्वजनिक

असार ६, २०८२ |सुन्दर शिल्पकार
भक्तपुरका दुई स्थानीय तहद्वारा आर्थिक वर्ष २०८२/८३ का नीति तथा कार्यक्रम सार्वजनिक

भक्तपुर । भक्तपुरका दुई स्थानीय तहले आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । 

भक्तपुरको सुर्यविनायक र भक्तपुर नगरपालिकाकाे १८औँ नगरसभाले आगामी आर्थिक वर्षका लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । 

भक्तपुर नगरपालिकाले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने र सास्कृतिक नगर घोषणा गर्न पहल गर्न तथा भक्तपुरलाई पर्यटकीय गन्तव्य स्थल बनाउने नीति लिएको छ । 

नगरपालिकाले भक्तपुरलाई देशकै नमुना नीति नगर बनाउने तथा विकास निर्माणका कार्यहरूमा स्थानीय स्रोत र साधनलाई अधिकतम प्रयोग गरिने जनाएको छ । नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, कृषि, पर्यटन, विकास निर्माण तथा खेलकुदलगायतका क्षेत्रमा थप कार्यक्रम लागू गरीने नगरप्रमुख सुनिल प्रजापतिले जनाएको छ । 

यस्तै सुर्यविनायक नगरपालिकाले पनि दिगो भौतिक पूर्वाधार निर्माण, वातावरण संरक्षण, मानवीय विकास, नगरवासीहरू रोजगारी तथा आयआर्जनमा बृद्धि लगायतका क्षेत्रलाई प्राथमिकतामा राखि नीति तथा कार्यक्रम सार्वजनिक गरेको नगरप्रमुख बासुदेव थापाले बताउनुभयो । 

नगरपालिकाले कृषि व्यवसायिकरण गर्दै उत्पादनमा आत्मनिर्भर गरिने नीति लिएको छ । नगरपालिकाले सञ्चार नीति बनाएर स्थानीय सञ्चारकर्मीको क्षमता अभिबृद्धि गर्ने कार्यक्रम ल्याएको छ भने लोककल्यानकारी विज्ञापन तथा सूचना प्रशारण तथा वितरण सम्वन्धि आवश्यक कानुन बनाउने नीति लिएको छ। 

नगरपालिकाले एफएम रेडियो इजाजत प्रणालीको नीति तर्जुमा गरी कार्यान्वयन गरिने नीति लिएको छ ।


Image

सुन्दर शिल्पकार

शिल्पकार कान्तिपुर टेलिभिजनका भक्तपुर संवाददाता हुन् ।