अर्थमन्त्री पौडेलको भनाइ : दिगो विकास र हरित कोषमा पहुँच अझै चुनौतीपूर्ण

असार ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
अर्थमन्त्री पौडेलको भनाइ : दिगो विकास र हरित कोषमा पहुँच अझै चुनौतीपूर्ण

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले नेपालले दिगो विकासका लक्ष्य हासिल गर्न र हरित कोषमा पहुँच पुर्‍याउन अझै चुनौती रहेको बताउनुभएको छ ।

काठमाडौंमा बिहिबार आयोजित अतिकम विकसित मुलुकबाट नेपालको स्तरोन्नति विषयक कार्यक्रममा अर्थमन्त्री पौडेलले अन्तर्राष्ट्रिय व्यापार दिगो बनाउन निर्यात बढाउनुपर्ने र त्यसका लागि उत्पादनमा सुधार गर्नुपर्ने बताउनुभयो । 

यस्तै जलवायु परिवर्तनको असरसँगै जुघेर विकास गर्नु पनि अहिलेको चुनौती रहेको उहाँको भनाइ छ ।

मन्त्री पौडेलले नीतिगत सुधारका कारण आगामी दिनमा लगानी बढ्ने अपेक्षा सरकारले गरेको पनि बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.