सुनको अतिरिक्त भन्सार कर हटाउन व्यवसायीको माग

असार २, २०८२ |कान्तिपुर टीभी संवाददाता
सुनको अतिरिक्त भन्सार कर हटाउन व्यवसायीको माग

काठमाडौं । नेपाल रत्न तथा आभूषण संघले सुन तथा बहुमूल्य पथ्थरमा लगाइएको अतिरिक्त भन्सार कर हटाउन माग गरेको छ ।

काठमाडौंमा आज पत्रकार सम्मेलन गरी संघले बजेटमार्फत् हिरामा १३ प्रतिशत भ्याट तथा सुनमा २ प्रतिशत विलासिता शुल्क लगाइएको भन्दै त्यस्तो कर हटाउन माग गरेको हो । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सले नेपाल रत्न तथा आभूषण संघको मागमा ऐक्यवद्धता जनाएको छन् । नेपाल र भारतमा सुनको मूल्यमा हुने ठूलो अन्तरले अनधिकृत रुपमा आयात आउने भन्दै उनीहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

व्यवसायीले करको प्रत्यक्ष असर उपभोक्तालाई पर्ने र निर्यात पनि खस्किने भन्दै प्रदर्शनसमेत गर्दै आएका छन् । नेपालमा वार्षिक १ खर्ब रुपैयाँभन्दा बढीका सुनचाँदी तथा हीराको कारोबार हुने गरेको व्यवसायीको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.