सूचक सबै सकारात्मक, तै पनि किन बढेन शेयर बजार ?

जेष्ठ ३१, २०८२ |कान्तिपुर टीभी संवाददाता
सूचक सबै सकारात्मक, तै पनि किन बढेन शेयर बजार ?

काठमाडौं । साढे दुई महिनादेखि सेयर बजार परिसूचक- नेप्से २६ सय र २७ सयको बीचमा घुमिरहेको छ । सूचकहरु सबै सकारात्मक भए पनि बजार अझै बढ्न सकेको छैन ।

लगानीकर्ताले विगतमा देखाउने गरेका उच्चव्याजदर, तरलता अभाव, राष्ट्र बैंकको नीति र बजारप्रति अनुदार गभर्नरजस्ता समस्या अहिले नभए पनि लगानीकर्ताको मनोबल अझै बढ्न सकेको छैन । नवनियुक्त गभर्नरको सेयर बजारप्रतिको स्पष्ट धारणा नआउनु, बाफिया ऐनले बैंक र लगानीकर्ता अलग गर्ने प्रस्ताव ल्याउनु र जलविद्युत क्षेत्रमा टेक एण्ड पे नीतिजस्ता कारणले बजार बढ्न नसकेको विश्लेषकको भनाइ छ ।

बजार ३ वर्षदेखि वियरिस ट्रेन्डमा छ । २०८१ चैत २० मा नेप्से परिसूचकले २७ सयको विन्दु पार गरे पनि त्यसको भोलिपल्टै ३३ अंकले घटेर २६ सय ६७ मा आएको बजारले त्यसपछिका ४४ कारोबार दिनसम्म पनि २७ सयको विन्दु छुन सकेको छैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.