कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका-८ स्थित कलकत्ता गाउँका ४० वर्षीय गणेशबहादुर चौधरी वैदेशिक रोजगारीका क्रममा बेलायतमा हुनुहुन्छ । त्यहाँ निर्माण क्षेत्रको काम गर्ने गणेशको मासिक कमाइ साढे ६ लाख रुपैयाँ छ । तर आजको यो सफलतासम्म पुग्न उहाँले धेरै चुनौती पार गर्नुभएको छ ।
गणेशबहादुर चौधरी वैदेशिक रोजगारीमा जानुअघि गाउँकै एक निजी विद्यालयमा पढाउनुहुन्थ्यो । सुखद भविष्यको खोजीमा उहाँले सरकारी सेवा प्रवेशका लागि लोकसेवा आयोगको तयारी पनि गर्नुभयो । तर त्यसमा सफल हुने नदेखेर उहाँ साउदी अरब पुगेर पाँच वर्ष पसिना बगाउनुभयो ।
साउदीबाट स्वदेश फर्किएपछि फेरि उहाँ दुई वर्षअघि वैदेशिक रोजगारीका लागि बेलायत जानुभयो । गणेशको संयुक्त हो । उहााका दाजु ज्ञानु चौधरी परिवारका मुख्य व्यक्ति हुनुहुन्छ । ज्ञानु घरमुली मात्र नभई गाउाका भलमन्सा अर्थात् थारू समुदायको नेतृत्वकर्ता र जननिर्वाचित वडासदस्य पनि हुनुहुन्छ ।
गणेशले वैदेशिक रोजगारीबाट पठाउने रेमिट्यान्सको वास्तविक सदुपयोगको जिम्मा ज्ञानु चौधरीकै कााधमा छ । भाइको विदेश यात्रामा लागेको ऋण थोरै समयमा नै तिरिसकियो । त्यसपछि, पुरानो कच्ची घर भत्काएर पक्की घर बन्यो । यो परिवारले अहिले साढे ६ बिघा खेत जोडेर पनि धनगढीलगायतका ठाउामा घडेरीसमेत किनेको छ ।
गणेश बेलाबेलामा घरपरिवारसाग अनलाइन संवादमा रहनुहुन्छ । घरमा के गर्ने, कहाँ लगानी गर्ने भन्ने सल्लाह घरपरिवारको साँझा निर्णयमा हुन्छ । गणेशका जेठा छोरा पनि बेलायत नै जाने तयारीमा भाषा सिकिरहेका छन् भने कान्छी छोरी गाउँकै निजी विद्यालयमा अध्ययनरत छन् ।
गणेश चौधरीको परिवारमा रेमिट्यान्सले भित्र्याएको सफलताको कथा वैदेशिक रोजगारमा गएकाहरूका देशभरका लाखौँ परिवारका लागि सन्देश पनि हो । विदेशबाट कमाएर पठाएको पैसाले मात्रै सफलताको ग्यारेन्टी हुँदैन, त्यो पैसाको सदुपयोग र पारदर्शी व्यवस्थापनले परिवारको भविष्य निर्माण हुन्छ भन्ने उदाहरण गणेश चौधरीको परिवारले दिएको छ ।