नीति तथा कार्यक्रम : सहकारी नीतिमा पुनरावलोकन, साना वचतकर्ताको वचत फिर्ता गर्न राहत कोष स्थापना गरिने

वैशाख १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
नीति तथा कार्यक्रम : सहकारी नीतिमा पुनरावलोकन, साना वचतकर्ताको वचत फिर्ता गर्न राहत कोष स्थापना गरिने

काठमाडौं । सरकारले सहकारीको क्षेत्रमा देखिएका समस्याहरूको समाधानका लागि सहकारी नीतिको पुनरावलोकन गरी नयाँ राष्ट्रिय सहकारी नीति जारी गर्ने घोषणा गरेको छ ।

सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताउनुभएको हो । 

उहाँले समस्याग्रस्त सहकारी संस्थाका साना वचतकर्ताहरूको वचत फिर्ता गर्न सहकारी नियमन प्राधिकरणमार्फत् राहत कोष स्थापना गरिने बताउनुभयो । सहकारी क्षेत्रका आधारभुत समस्याहरू समाधान गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरणमार्फत् आवश्यक कदम चालिने बताउनुभयो । 

उहाँले सहकारी ऋण सूचना, वचत सुरक्षा र ऋण असुलीका लागि न्यायाधीकरण थप स्थापना बताउनुभयो ।

सहकारी तथ्यांक व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउन विद्युतिय सूचना प्रणालीको मापदण्ड तय गरिने र सहकारी तथा गरिबीसम्बन्धी व्यवस्थापन सूचना प्रणालीको स्तरोन्नति गरिने नीति पनि समावेश गरिएको उहाँको भनाइ छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.