नीति तथा कार्यक्रम : किसानलाई परिचय पत्रसहित सहुलियतमा ऋण दिइने

वैशाख १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
नीति तथा कार्यक्रम : किसानलाई परिचय पत्रसहित सहुलियतमा ऋण दिइने

काठमाडौं । सरकारले विपन्न किसानलाई सहुलियत दरमा ऋणको व्यवस्था गर्ने भएको छ ।

शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी गराउनुभएको हो । 

उहाँले किसानलाई परिचयपत्र दिइने बताउनुभयो । किसानले पाउने सेवा सुविधालाई राष्ट्रिय परिचयपत्रमा समावेश गर्ने बताउनुभयो । उहाँले व्यावसायिक खेतीमा बाली लगाइसकेपछि अग्रिम खरिद सम्झौता गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कृषि क्षेत्रमा दिइने अनुदानको लाभ प्राथमिक कृषकले मात्र प्राप्त गर्ने व्यवस्था मिलाइने छ । कृषि बीमाको दायरा बिस्तार गरिनेछ । विपन्न किसानलाई सहुलियतपूर्ण ऋण र परिचयपत्रसहित सेवा सुविधा दिइनेछ । किसानले प्राप्त गर्ने सेवा सुविधालाई राष्ट्रिय परिचयपत्रमा आवद्ध गरिनेछ । व्यावसायिक खेतीमा बाली लगाउनु अघि न्युनतम समर्थन मूल्य निर्धारण र बाली लगाएपछि अग्रिम कृषि उपच खरिद सम्झौता गरिनेछ ।’

राष्ट्रपति पौडेलले सरकारले कृषिमा दिने अनुदान प्राथमिक किसानलाई मात्रै दिने व्यवस्था गर्ने बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.