जनकपुर । मिथिला राज्यको माग गर्दै आयोजित शान्तिपुर्ण आन्दोलनका क्रममा बम विस्फोटमा परी ज्यान गुमाएका शहिदहरूको सम्झनामा बिहिबार जनकपुरधाममा १३औं बलिदानी दिवस मनाइएको छ ।
मिथिला राज्य संघर्ष समितिले आह्वानमा गरेको आन्दोलनको क्रममा जनकपुरधामको रामानन्द चोकमा भएको शत्तिशाली बम विस्फोटमा परि ज्यान गुमाएका रंगकर्मी रञ्जु झा, सुरेश उपाध्याय, बिमल शरण, दिपेन्द्र दास र झगरू मण्डलको सम्झनामा बलिदानी दिवस बनाएको हो ।
शान्तिपुर्ण धर्नाको क्रममा २०६९ साल वैशाख १८ गते बम विस्फोटमा परी पाँच जनाले ज्यान गुमाएको र ४० जना भन्दा बढी घाइते भएका थिए ।
बम विस्फोटका मुख्य योजनाकार तत्कालिन जनकपुरधामका संविधानसभा सदस्य सञ्जयकुमार साहसहित जयप्रकाश चौधरी, मुकेश चौधरी, राजन मुक्ति भनिने रञ्जित झालगायतका आरोपीतहरट्ठ अहिले कारागरमा छन ।
पूर्व भौतिक पुर्वाधार राज्यमन्त्री समेत रहनुभएका साह २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमको तर्फबाट र दोस्रो संविधानसभा निर्वाचनमा सद्भावना पार्टीको तर्फबाट संविधान सभा सदस्यको रूपमा निर्वाचित हुनुभएको थियो ।
विजयकुमार गच्छदार भौतिक पुर्वाधार विकास योजना मन्त्री हुँदा टकलाको नामले प्रख्यात सञ्जय साह राज्यमन्त्री थिए ।