साफ यू-१९ पुरुष च्याम्पियनसिप खेल्ने नेपाली टोलीको घोषणा

वैशाख १४, २०८२
साफ यू-१९ पुरुष च्याम्पियनसिप खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं । राष्ट्रिय अन्डर नाइन्टिन फुटबल टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले भारतमा हुन लागेको साफ अन्डर नाइन्टिन पुरुष च्याम्पियनसिप २०२५ का लागि अन्तिम टोली घोषणा गरेका छन् ।

प्रतियोगिता यही वैशाख २६ गतेदेखि जेठ ४ गतेसम्म आयोजना हुनेछ । च्याम्पियनसिपमा माल्दिभ्स, भुटान र बंगलादेश समूह 'ए' मा छन् भने नेपाल, आयोजक भारत र श्रीलंका समूह बीमा छन् । 

नेपालको अन्तिम टोलीमा समावेश गोलकिपरहरुमा भक्तबहादुर परियार, उपेन्द्र ल्वागुन र विशेष बानियाँ छन् । त्यसैगरी, डिफेन्डरमा रोशन तामाङ, रोहन मोक्तान, प्रशान्त मोक्तान, कुशाहाङ नेम्वाङ, मदन पौडेल, राम थापा, विजय उर्बा र सिद्धान्त खड्का रहेका छन् । 

यस्तै, मिडफिल्डको जिम्मेवारी कृष्णबहादुर आले, कृष थापा मगर, सरोज दर्लामी, लाछु थापा, सविनकुमार लुङेली मगर, रणजीत लामा, सुभाष बम र विज्ञान खड्का रहनेछन् । फरवार्ड पवन पाख्रिन, धर्मेन्द्र कुँवर, सुजन डंगोल र प्रसुन तामाङ रहेका छन् ।