स्वच्छ उर्जा व्यापारको रणनीति बनाउन उद्योगमन्त्री भण्डारीको निर्देशन

पुस २६, २०८१ |कान्तिपुर टीभी संवाददाता
स्वच्छ उर्जा व्यापारको रणनीति बनाउन उद्योगमन्त्री भण्डारीको निर्देशन

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले व्यापारमा विविधीकरण गर्न नेपाल आयल निगमलाई निर्देशन दिनुभएको छ ।

नेपाल आयल निगमको ५५ औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री भण्डारीले निगमको प्रबन्धपत्रमा उल्लेख भएबमोजिम काम गर्न निर्देशन दिनुभएको हो । आउँदा दिनमा स्वच्छ उर्जाको प्रयोग बढ्ने भन्दै उहाँले सोही अनुसारको व्यापार रणनीति बनाउन निगमलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा नेपाल आयल निगमका कार्यकारी निर्देशक चन्द्रिका भट्टले निगमले पेट्रोलियम पाइपलाइन विस्तार तीव्र पारेको, त्रिभुवन विमानस्थलमा रहेको इन्धन डिपो सार्ने प्रक्रिया अघि बढेको जानकारी दिनुभयो । उहाँले छिट्टै घरायसी र व्यावसायिक प्रयोजनका लागि एलपी ग्यासको सिलिन्डर छुट्याउने बताउनुभयो । व्यवसायीहरुले भने नेपाली ग्यास बुलेटबाटै ग्यास आपूर्ति गर्ने व्यवस्था मिलाउन सुझाएका थिए ।

निगमले गत आर्थिक वर्षमा करिव १० अर्ब मुनाफा गरेको बताएको छ । इन्धनमा लगाएको चर्को कर घटाउने विषयमा भने वाणिज्य मन्त्रालयका अधिकारीहरु मौन बसे ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement