मध्यपुर महोत्सव समापन, पाँच लाखभन्दा बढीले गरे अवलोकन

पुस १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
मध्यपुर महोत्सव समापन, पाँच लाखभन्दा बढीले गरे अवलोकन

भक्तपुर । आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भक्तपुरको मध्यपुर थिमिमा पुस १२ गतेदेखि आयोजना भएको मध्यपुर महोत्सव समापन भएको छ । तीन दिनसम्म चलेको महोत्सवमा पाँच लाखभन्दा बढीले अवलोकन गरेको नगरप्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

महोत्वसवले मध्यपुरलाई नयाँ पर्यटकीय गन्तव्यको रूपमा स्थापित गरेको र आगामी दिनमा पयटकीय क्षेत्र विस्तारका लागि दीर्घकालीन योजना बनाउने प्रमुख श्रेष्ठको भनाइ छ । महोत्सवले स्थानीयको आर्थिक समृद्धिमा योगदान पुर्‍याउन ठूलो सहयोग गरेको उहाँले बताउनुभयो । २६ वर्षपछि आयोजना गरेको महोत्सवमा नेवा सभ्यता झल्कने मौलिक खाना, नेवा भोज, कला-संस्कृति, चित्रकला तथा हस्तकला, मौलिक बाजागाजा, परम्परागत सीप र खेल स्थानीय पेशा, व्यवसाय, मौलिक उत्पादन, माटोका भाँडा लगायत वस्तुहरू प्रदर्शन गरिएको थियो ।

महोत्समा २५ वटा मौलिक नाच, ४५ वटा दाफा भजन, १ सय ५ स्थानमा घरेलु उत्पादन १६ स्थानमा माटोका समग्री र सेरामिक्स लगायत ३४७ स्थानमा विभिन्न सांस्कृतिक स्टलहरू राखिएका थिए । यस्तै महोत्वसमा वर्षभरि मध्यपुर थिमीमा मनाउने जात्रा पर्व, नेवार समुदायमा जन्मदेखि मृत्यु संस्कार गरिने परम्परा समेत प्रर्दशन समेत गरिएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement