अनुष्ठानदेखि डेटसम्म, कफीको स्वाद-सुगन्ध

मंसिर २, २०८१ |भुवन पाण्डे
अनुष्ठानदेखि डेटसम्म, कफीको स्वाद-सुगन्ध

काठमाडौं । नौलो शहरमा पुग्नुभयो भने तपाईलाई पनि कफीको तलतल मेट्ने राम्रो क्याफे कता छ भनेर खोज्न मन लाग्छ होला । पारखी बढ्दै जाँदा नेपाली शहरिया जीवनशैलीमा कफी अभिन्न संस्कृति बन्दै गएको छ । त्यसैलाई मध्यनजर गरि शहरका कुनकुनामा कफी पसलहरु पनि धमाधम खुलिरहेका छन् । बिहानदेखि साँझ अबेरसम्मै क्याफेहरुमा रमाउने जमात सहरैपिच्छे छ । 

बिहानको अनुष्ठानदेखि सामाजिक जमघट र कार्यस्थलसम्म कफी संस्कृतिले हाम्रो जीवनशैलीमा गहिरो सम्बन्ध बनाइसकेको छ । कफी पसलहरु अहिले साथीभाइ भेटेर भलाकुसारी गर्ने ठाउँ बनेका छन् । राजनीतिको गफ होस् वा बिज्नेस प्लान, वा होस् युवायुवतीको विशेष भेटघाट, अझ किताब पढ्न र लेख्नको लागि क्याफेको कुना रोज्नेहरु धेरै छन् । कफी सेवन गर्दा स्फुर्ति मिल्ने विश्वासले कफी संस्कृति बढिरहेको छ ।

केही दशक अघिसम्म नेपालीका लागि कफी नौलो पेय पदार्थ थियो । सुरुवातमा सामान्य कफीमात्रै चलनमा थियो । त्यसका पारखीसमेत थोरै थिए । तर अहिले कथा फेरिएको छ । बजारमा अनेकन स्वाद र परिस्कारका कफी पाइन्छ । ब्लाक कफी, एस्प्रेसो, अमेरिकनो, काफे लाते, क्यापुचिनो, आइस्ड कफी बढी चलनचल्तीमा छन् । ग्राहक आकर्षित गर्न आकर्षक डिजाइन बनाएर कफी सर्भ गरिन्छ । कफी खाने चलन बढ्दै गएपछि मुख्य बजारहरुमा कफी पसलहरु धमाधम खुलेका छन् । आम्दानी पनि राम्रो छ ।

सबैको रोजाइमा पर्दै गएको कफी उत्पादनमा स्वदेशी किसान निरुत्साहित हुँदै गएको तथ्यप्रति भने सरोकारवालाहरु गम्भीर हुनुपर्ने देखिन्छ ।


Image

भुवन पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका रुपन्देही संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement