एकल अंकमा ब्याजदर : मारमा पुराना ऋणी

कार्तिक २४, २०८१ |महाप्रसाद खतिवडा
एकल अंकमा ब्याजदर : मारमा पुराना ऋणी

विराटनगर । बैंकहरूले कर्जाको व्याजदर एकल अंकमा झरेको भनिरहे पनि पुराना ऋणीहरुले भने व्याजदर नघटाएको दाबी गरेका छन् । एउटै प्रकृतिको कर्जामा बैंकहरूले नयाँ र पुराना ऋणीबाट फरक दरमा व्याज असुली रहँदा आफूहरु मारमा परेको गुनासो छ ।

तरलता बढेर कर्जाको व्याजदर एकल अंकमा झरेको बैंकहरुको दाबी छ । तर बैंकहरूले भनेजस्तो कर्जाको व्याजदर एकल अंकमा नझरेको ऋणीहरूले बताएका छन् । एउटै प्रकृतिको कर्जामा नयाँ ऋणीलाई कम दरमा कर्जा दिएको र पुरानो ऋणीसँग बढी व्याज असुल्दा आफूहरुलाई थप मार परेको पुराना ऋणीहरू बताउँछन् ।

बैंकहरूले एउटै प्रकृतिको कर्जामा नयाँ र पुराना ऋणीसँग फरक-फरक व्याज असुलीरहेको गुनासाहरु उद्योगी व्यवसायीको छाता संगठनमा पनि आएका छन् । पुराना र नयाँ ऋणीलाई एउटै कर्जामा फरक-फरक व्याज दर लिएको सन्दर्भमा बैंकरहरूले भने स्पष्ट जवाफ दिएका छैनन् । 

तरलता बढी भएको अवस्थामा बैंकले त्यसको व्यवस्थापन गर्न नयाँ कर्जामा प्रिमियम दर कम गरेको बैंकरहरूको तर्क छ ।

एउटै प्रकृतिको कर्जामा ऋणीसँग फरक व्यवहार गरेर व्याजदर फरक कायम गर्नु न्यायोचित देखिँदैन । त्यसैले नियामक निकायले बैंकहरुले गरिरहेको यो कामको अनुगमन गर्नु जरुरी देखिएको छ ।  


Image

महाप्रसाद खतिवडा

खतिवडा कान्तिपुर टेलिभिजनका विराटनगर संवाददाता हुन् ।