नेप्से परिसूचक ३१ अंकले बढ्यो

आश्विन २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेप्से परिसूचक ३१ अंकले बढ्यो

काठमाडौं । दशैंको बिदापछि खुलेको सेयरबजार ३१ दशमलव ४८ अंकले बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा नेप्से १ दशमलव १७ प्रतिशतले बढेसँगै २६ सय ९९ अंक कायम भएको छ । 

सेयरको कारोबार भने घटेको छ । आज ३ अर्ब ६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । दशैं बिदाअघिको दिन ३ अर्ब ७६ करोडको कारोबार भएको थियो । आज उत्पादनबाहेक सबै क्षेत्रका सूचक बढेका छन् ।

उत्पादन समूह शून्य दशमलव २२ प्रतिशतले घट्यो । फाइनान्स सूचक सबैभन्दा धेरै ४ दशमलव ६१ प्रतिशतले बढ्यो । अन्य समूहमा पनि सामान्य वृद्धि भएको छ । आज जानकी फाइनान्स र मिथिला लघुवित्तको मूल्य १० प्रतिशतले बढ्यो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.