सुनसरी। सुनसरीको विभिन्न तीन स्थानमा आज बिहान शंकास्पद वस्तु फेला परेको छ । उक्त शंकास्पद वस्तु विस्फोटक पदार्थ हुन सक्ने प्रहरीको अनुमान छ ।
इटहरी उपमहानगरपालिका कार्यालयको प्रवेशद्वार नजिकै, सुनसरी र मोरङको सिमनामा पर्ने बुढी खोलाको पुलमुनि र धरानको भोटे पुल नजिकै संकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । ती ठाउँमा कालो झोलामा राखिएको उक्त संकास्पद बस्तुलाई पुष्टि र निष्क्रिय बनाउन नेपाली सेनाको बम डिस्पोजल टोली अहिले घटना स्थलमा पुगेको छ ।
ठूलो आकारमा देखिएको वस्तु विस्फोटक पदार्थ हुन सक्ने प्रहरीले अनुमान लगाउँदै वस्तुको नजिक कसैलाई पनि जान दिएको छैन ।
सेनाको टोलीले पहिला उपमहानगरपालिकाको गेट अगाडीको उक्त शंकास्पद वस्तुलाई निष्क्रिय बनाएपछि अरू स्थानमा राखिएको शंकास्पद वस्तुको पहिचान एवम् निष्क्रिय बनाउन जाने जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिनुभयो ।