नेपाल-इन्डिया चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीले मनायो स्थापनाको ३०औँ वार्षिकाेत्सव

आश्विन १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपाल-इन्डिया चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीले मनायो स्थापनाको ३०औँ वार्षिकाेत्सव

काठमाडौं । नेपाल-इन्डिया चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (निक्की) स्थापनाको ३०औँ वार्षिकाेत्सव तथा साधारणसभा सम्पन्न भएको छ ।

राजधानीमा आयोजित एक कार्यक्रममा निक्कीले नवनिर्वाचित कार्यसमितिका सदस्यहरुको समेत घोषणा गरेको थियो । यसअघि भएको निर्वाचनमा पूर्वउपाध्यक्ष सुनिल केसी अध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए । 

त्यसैगरी, कार्यसमितिमा ९ सदस्य निर्वाचित भएका छन् । सन् १९९३ मा स्थापना भएदेखि नै निक्कीले नेपाल र भारतबीचको आर्थिक गतिविधि र नेपालमा भारतीय संयुक्त उद्यममा संलग्न नेपाली उद्योगी तथा व्यवसायीहरुको संस्थाका रुपमा काम गर्दै आएको छ । 

वार्षिक साधारणसभा निवर्तमान अध्यक्ष श्रीजनारानाको अध्यक्षतामा सम्पन्न भएको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उद्घाटन गरेको कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, पूर्व भारतीय राजदूत मञ्जिवसिंह पुरी, नेकपा एमालेका नेता सुरेन्द्र पाण्डे, पूर्व ऊर्जामन्त्री शक्ति बस्नेत लगायतको उपस्थिति थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement