काठमाडौं । शेयर बजारमा दिनहुँ नयाँ रेकर्ड कायम हुन थालेको छ । आइतबार २५ अर्ब ७७ करोड रुपैयाँको कारोबारसहित रेकर्ड बनाएको नेप्सेले आज २७ अर्ब २४ करोड कारोबारको नयाँ रेकर्ड बनाएको हो ।
आज शेयर बजार परिसूचक (नेप्से) ७० दशमलव ८१ अंकले बढेर २९ सय ३१ विन्दुमा पुगेको छ । आज २ लाख ८३ हजार ४७ वटा कारोबारबाट ६ करोड ४८ लाख कित्ताभन्दा धेरै शेयर किनबेच भएको छ ।
सबैभन्दा धेरै कारोबार हुनेमा हिमालय रि इन्सुरेन्स छ । यो कम्पनीको १ अर्ब २२ करोड ८० लाख रुपैयाँको शेयर खरिदबिक्री भयो । यस्तै, जीवनबिमा उपसमूहको सूचक सर्वाधिक ५ दशमलव ८५ प्रतिशतले बढेको छ । यस्तै, फाइनान्स उपसमूहको सूचक ४ दशमलब ८१ ले बढेको छ ।
आज कारोबारमा आएका ३ सय ३९ कम्पनीमध्ये १ सय ७१ कम्पनीको शेयर मूल्य बढेको छ ।