ठुला २ दल मिलेर सरकार बनाएकाले सेयर बजारमा उत्साह देखियो : पूर्वअर्थमन्त्री महत

श्रावण ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
ठुला २ दल मिलेर सरकार बनाएकाले सेयर बजारमा उत्साह देखियो : पूर्वअर्थमन्त्री महत

काठमाडौं । पूर्वअर्थमन्त्री प्रकाशशरण महतले नेकपा एमाले-नेपाली कांग्रेस दुई ठुला राजनीतिक दलहरु मिलेर सरकार बनाएकाले सेयर बजारमा उत्साह देखिएको बताउनुभएको छ ।

संसद भवनबाहिर सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले मुख्य दुई राजनीतिक दल मिलेर सरकार बनाएकाले जनताको अपेक्षा ठूलो रहेको बताउनुभयो ।

उहाँले अब सेयर बजार मात्रै होइन समग्र अर्थतन्त्रमा उत्साह देखिनुपर्ने बताउनुभयो । उहाँले मागभन्दा सप्लाई बढी भएकाले पनि समस्या देखिएकाले समस्या समाधान गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीति ल्याउन आवश्यक रहेको बताउनुभयो । उहाँले मौद्रिक नीतिले अर्थतन्त्रमा सहजता सिर्जना गर्ने गरी ल्याउनुपर्ने बताउनुभयो । उहाँले मौद्रिक नीतिमा रिफर्म गर्नसक्ने ठाउँहरुमा रिफर्म गरेर ल्याउनुपर्नेमा जोड दिनुभयो ।

पूर्वअर्थमन्त्री महतले सेयर बजार, जग्गा कारोबारलगायत क्षेत्रमा कर्जा प्रवाहका लागि सीमाहरु कायम राखेर गरेको माइक्रोम्यानेजमेन्टलाई विचार गर्नु आवश्यक रहेको बताउनुभयो ।

उहाँले बैंकको ब्याजदरमा सहजता आएको बताउनु हुँदै सेयर बजार र घरजग्गा कारोबारमा रहेका सिमाहरुलाई खुकुलो गर्नुपर्ने बताउनुभयो । उहाँले कर्जामा अनुत्पादन क्षेत्र भनेर लगाएको सीमामा पनि पुनर्विचार गर्न आवश्यक रहेको पनि जनाउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.