स्टार्टअप उद्यमीलाई सहजीकरणका लागि स्टार्टअप बोर्ड गठन गर्ने घोषणा

जेष्ठ १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
स्टार्टअप उद्यमीलाई सहजीकरणका लागि स्टार्टअप बोर्ड गठन गर्ने घोषणा

काठमाडौं । सरकारले स्टार्टअप उद्यमीलाई सहजीकरणका लागि स्टार्टप बोर्ड गठन गर्ने भएको छ । मंगलबार संसद्‍मा आर्थिक वर्ष २०८१/०८२ को बजेट पेस गर्दै अर्थमन्त्री पुनले यस्तो बताउनुभएको हो ।

उहाँले सरकारले उद्यम युवा सहभागिता बनाउन स्टर्टअप र नवप्रर्वतनका इको सिस्टम विकास गरी उद्यमशील वातावरण सिर्जना गर्ने बताउनु भयो । उहाँले स्टार्टअप उद्यमीको वित्तीय आवश्यकता सम्बोधन गर्न १ अर्बको नेपाल स्टाटप कोष खडा गरेको बताउनु भयो ।

उहाँले युवाहरुको उद्यमशील सोचलाई व्यवसायमा रुपान्तरण गर्न प्रत्येक प्रदेशमा बिजनेस इन्कोभेसन सेन्टर सञ्चालन गरिने बताउनु भयो । उहाँले बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने कर्जालाई स्टार्टप लगानी गर्न प्रोत्साहन गरिने बताउनु भयो ।

महिला उद्यमीहरुबाट उत्पादित वस्तु तथा सेवाको प्रवर्द्धनका लागि सार्वजनिक निजी साझेदारीमा काठमाडौंको चोभारमा प्रदर्शनीस्थल निर्माण गरिने बताउनु भयो । सरकारले महिला उद्यमीहरुले उत्पादन गरेको वस्तु बिक्री गर्न कोसेली घर स्थापना गर्ने भएको छ । 

अर्थमन्त्री पुनले उद्योग र सीपसम्बन्धी कानुनलाई परिमार्जन गर्दै लगिने बताउनु भयो । उहाँले घरेलु मदिराको उत्पादन ब्राण्डिङ, बजारिकरण तथा बिक्री गर्न कानुनी व्यवस्था मिलाउने बताउनु भयो । उहाँले औद्योगिक विकास र प्रवर्द्धनका लागि ६ अर्ब ५५ करोड रुपैयाँ विनियोजन गरेको बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.