सुनको मूल्य बढ्दा चाँदी स्थिर

फाल्गुन १७, २०८० |कान्तिपुर टीभी संवाददाता
सुनको मूल्य बढ्दा चाँदी स्थिर

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । चाँदीको मूल्य भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो । बुधबार प्रतितोला एक लाख १८ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन २०० रुपैयाँले बढ्दै बिहीबार एक लाख १८ हजार ४०० रुपैयाँ कायम भएको छ ।

यसैगरी तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ८५० रुपैयाँ कायम छ । बुधबार भने तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार एक हजार ३७५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज पनि सोही मूल्य नै कायम छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.