अर्थतन्त्रका नकारात्मक सूचक आर्थिक मन्दीको संकेत !

माघ ५, २०७८
अर्थतन्त्रका नकारात्मक सूचक आर्थिक मन्दीको संकेत !

अर्थतन्त्र बिस्तार हुन नसकिरहेका बेलामा बढेको महंगीले आर्थिक मन्दीको प्रारम्भिक संकेत गरेको छ । मुलुकका अधिकांश आर्थिक परिसूचक नकारात्मक दिशामा रहेका बेला विकास खर्च वृद्धिसँगै अन्य विदेशी सहायता समयमा प्राप्त गरेर अर्थतन्त्र चलायमान बनाउन नसके मुलुक आर्थिक मन्दीमा फस्ने देखिएको छ । 

सरकारले ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखे पनि आर्थिक क्रियाकलाप विस्तार भएका छैनन् । जसका कारण विश्व बैंकले सरकारी लक्ष्य पुरा नहुने र आर्थिक वृद्धि ३ दशमलव ९ प्रतिशतमा सीमित हुने आंकलन गरिसकेको छ । यही बेला नेपाल राष्ट्र बैंकले पनि महंगी सिमा बाहिर गएको देखाएको छ । अर्थतन्त्र बिस्तार नहुनु र महंगी  बढ्नुलाई अर्थविद्हरु मन्दीको संकेतको रुपमा व्याख्या गर्छन् । 

अमेरिकाको नेशनल ब्यूरो अफ इकोनोमिक रिसर्चले बस्तुको खपतमा कमी आउनु, कामदारको ज्याला घट्नु र रोजगारीका अवसर कटौती हुँदै जानुलाई मन्दीका रुपमा ब्याख्या गरेको छ । जसले गत वर्षको जेठमा अमेरिकाको अर्थतन्त्र मन्दीमा फसेको घोषणा गरेको थियो । त्यस्तै सन् १९७४ मा अमेरिकी अर्थविद् जुलियस स्वीस्कीनले दुई त्रैमास निरन्तर अर्थतन्त्र घट्नुलाई आर्थिक मन्दिका रुपमा ब्याख्या गरेका थिए । नेपालको सन्दर्भमा हेर्दा अहिले घरजग्गाको कारोबारमा संकुचन आउनु र बैंकमा लगानीयोग्य रकमको अभाव हुनु पनि मन्दिको संकेत हो । बैंकबाट कर्जा बढे पनि रोजगारी बढाउन सकेको छैन । 

 

पुँजीगत खर्चमा वृद्धिसँगै बाहृय ऋण तथा अनुदान बढाएर सरकारले मुलुकलाई आर्थिक मन्दीमा फस्नबाट बचाउन सक्छ । त्यसका लागि प्रधानन्त्रीकै अग्रसरतामा विकासे मन्त्रालयसँग छलफल गरि खर्च हुन नसक्नुका कारण पहिल्याएर समाधान गर्नुपर्छ ।