'तन दिएँ, मन दिएँ' गीतको म्युजिक भिडियो सार्वजनिक

भाद्र ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
'तन दिएँ, मन दिएँ' गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । गीतकार तथा मोडल चिरञ्जीवी अधिकारीको 'तन दिएँ, मन दिएँ' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

दीपकराज विश्वकर्माको संगीत रहेको गीतलाई मनोजराज सिवाकोटीले आवाज दिएका हुन् । म्युजिक भिडियोमा गीतकार अधिकारी, भूपालमानसिंह कार्की, भूमिला मिश्र र आर्यान चुडालको अभिनय देख्न सकिन्छ ।

म्युजिक भिडियो गीतकार अधिकारीको युट्युब च्यानल 'एमआरसीजे' मा हेर्न सकिन्छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.