काठमाडौं । नेपाल क्रिकेट संघ-क्यानले नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको उद्घाटन खेलको टिकट बिक्रीबाट प्राप्त हुने सम्पूर्ण आम्दानी प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने भएको छ ।
जेन-जी आन्दोलनका क्रममा शहिद भएका युवाप्रति श्रदाञ्जली अर्पण गर्दै क्यानका सचिव पारस खड्काले उक्त घोषणा सार्वजनिक गरेका हुन् । जेन-जी आन्दोलनपछि उत्पन्न परिस्थितिले सार्वजनिक क्षेत्रमा भएको तोडफोड तथा आगजनीको पुनर्निर्माणमा सहयोग गर्न यो निर्णय गरिएको क्यानले बताएको छ ।
जेन-जी विद्रोहपछि देशभरका सम्पूर्ण खेलकुल गतिविधीमा प्रत्यक्ष असर पर्दा क्यानले दोस्रो संस्रकणको एनपीएल भने निर्धारित सययमै आयोजना गर्ने गरी तयारीलाई तिब्रता दिइरहेको छ । एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि २७ गतेसम्म हुने तय भएको छ ।
प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्ससहित सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ ।